SEE Result 2082

काठमाडौंमा छात्रवृत्तिका लागि ६ हजार बढीले दिए आवेदन

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा आव्हान गरेको छात्रवृत्ति छनोट परीक्षाका लागि ६ हजार १७ जनाले आवेद दएका छन् ।

आवेदन दिनेमा सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना रहेका छन् । भने दोस्रा स्थानमा व्यवस्थापनका विदार्थी रहेका छन् । सो विषयमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जनाले आवेदन दिएका छन् ।

सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जनाले आवेदन दिएको महानगर शिक्षा विभागले जानकारी दियो । त्यसैगरी शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थीले आवेदन दिएका छन् ।

१५ विद्यालयमा परीक्षा केन्द्र

 कक्षा ११ को छात्रवृत्तिका आवेदक विद्यार्थीहरुलाई परीक्षा लिन १५ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

मानविकी शिक्षा र कानुन विषयमा छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीको परीक्षा केन्द्र कुलेश्वर मावि, कुलेश्वर निर्धारण गरिएको शिक्षा विभागले जानकारी दियो ।

त्यसैगरी भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि, कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको छ ।

यस्तै पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चावहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृति मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी, सिद्धेश्वर मावि शान्तिनगरलाई महानगरले परीक्षा केन्द्र बनाएको छ ।

महानगरको पूर्व सूचनाअनुसार छनोट परीक्षा साउन २० गते शनिवार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि हिजैदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्ने व्यवस्था महानगरले गरेको छ ।

प्रवेश पत्र कसरी लिने ?

http://entrance.kathmandu.gov.np/ गएपछि Check Your Status लेखिएको ठाउँ भेटिन्छ । यसमा थिचेपछि केही विवरण भर्ने फारामको पेज आउँछ । यसमा लेभल, विषय (प्रोग्राम), एसईईमा प्राप्त गरेको जीपीए, जन्म मिति र एसईईको सिम्बोल नम्बर भरेपछि प्रवेश पत्रको पेज खुल्छ ।

प्रवेश पत्रमा विद्यार्थीको परीक्षा केन्द्र, विद्यार्थीले उत्तर कसरी लेख्नेलगायत विवरण छन् । यसलाई डाउनलोड गरेर परीक्षा दिन आउँदा यही प्रवेश पत्र लिएर आउनु पर्ने महानगरले जानकारी दियो ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिने शिक्षा विभागले जानकारी दियो ।

सो परीक्ष्ाँमा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ नहुने महानगरले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal