SEE Result 2082

शिक्षाशास्त्र संकाय अन्तर्गत संचालन हुने एम.फिल/पिएच.डी कार्यक्रमको भर्ना सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय

शिक्षाशास्त्र सङ्काय

ग्राजुयट स्कूल अफ एजुकेशन एम. फिल/पिएच.डी. एकिकृत कार्यक्रम 20७६/२0७७

एम.फिल. आंशिककालीन भर्ना कार्यक्रम 

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय अन्तर्गत संचालन हुने एम.फिल. आंशिककालीन कार्यक्रमको शिक्षा अध्ययन (Education Studies) विशिष्टिकरण बिषयमा शैक्षिक बर्ष २०७६/०७७ का लागि विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले सम्वन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सिट संख्या अधिकतम् ४० हुनेछ। 

कार्यक्रम : 

१. आवेदन फाराम वितरण : २०७६ असार २९ गते देखि भदौ २२ गतेसम्म (आवेदन फाराम ग्राजुएट स्कुल अफ एजुकेशनबाट प्राप्त गर्न सकिने छ वा यसको वेबसाईटबाट पनि डावनलोड गर्न सकिने छ । आवेदन फारामसंगै २ वटा लेख रचना र १ वटा अबधारणापत्र बुझाउनु पर्नेछ । लेख रचना मूख्य अंश ५ पेज र अबधारणापत्र मुख्य अंश ७ पेजको हुनुपर्नेछ ।)

२. आवेदन फाराम बुझाउने मिति : २०७६ भदौ २२ गतेसम्म । 

३. प्रवेष परीक्षा : २०७६ भदौ ३१ गते बिहान ८ बजेदेखि ११ बजेसम्म) 

४. अन्तवार्ता सूची प्रकाशन : २०७६ भदौ ३१ गते 

५. अन्तवार्ता : २०७६ असोज १ गते देखि 

६. छनौटमा परेका विद्यार्थीहरुको नतिजा प्रकाशन : २०७६ कार्तिक १४ गते 

७. भर्ना मिति : २०७६ कार्तिक २९ गतेभित्र 

८. सम्पर्क कार्यालय : ग्राजुएट स्कुल अफ एजुकेशन, कीर्तिपुर 

९. पहिलो प्रत्यक्ष सिकाई सत्र : काठमाडौ, २०७६ मंसीर १ देखि ९ गतेसम्म । (अन्य २ वटा प्रत्यक्ष सिकाई सत्रको स्थान र मिति पछि तोकिने छ ।)

नोट : 

१) छनौटमा परेका व्यक्तिलाई अध्ययन बिदा आवश्यक पर्ने भएमा आफैले मिलाउनु पर्नेछ । 

२) यदि कुनै विद्यार्थीले एम.फिल. पहिलो सेमेष्ट्रर आंशिककालिन कार्यक्रमबाट गरेर दोश्रो सेमेष्टर विशिष्टिकरण विषय शिक्षा अध्ययन, अंग्रेजी शिक्षा, गणित शिक्षा, स्वास्थ्य शिक्षा, नेपाली शिक्षा वा सामाजिक शिक्षा) मा पूर्णकालीन कार्यक्रमबाट पनि पूरा गर्न पाउनेछन् । विशिष्टिकरण विषयमा प्रवेश पाउन आवश्यक योग्यता पूरा गरेको र उक्त विशिष्टिकरण विषय संचालन हुन कम्तीमा ५ जना विद्यार्थीहरु हुनुपर्नेछ । 

विस्तृत जानकरिको लागि सम्पर्क :

ग्राजुएट स्कुल अफ एजुकेशन, कीर्तिपुर (प्रिन्सिपल कार्यालय सँगै) Website : www.gsetu.edu.np (Contact No: 014334189) 36: tumphil@gmail.com, info@gsetu.edu.np

+2 School
Counseling
Bachelors Portal