SEE Result 2082

विद्यार्थीलाई खोप दिएर मात्र परीक्षामा सामेल गराउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारी बिना स्थगित गरिएको र विश्वविद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरेका हुन् । साथै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गरेका हुन् ।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारी बिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा परेकामा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने वातावरण बनाउन माग गरिन् ।

सांसद कोमल वलीले शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकार समक्ष माग माग गरेकी छिन् । “कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अन्योलता छाएको छ । विद्यार्थीले अनलाई माध्यमबाट अध्ययन गरेपनि परीक्षा दिन पाएका छैनन् यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ”, उनले भनिन् ।

परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु 

सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई आजदेखि खोप दिन शुरु गरिएको हो ।खड्काका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् ।

त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने हिजोको निर्णय अनुसार खोप दिन थालिएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा झलक शर्माले जानकारी दिए । उनले  उपत्यका बाहिरका विद्यार्थीले भने नजिकैको खोप केन्द्रमा गएर प्रवेशपत्रको आधारमा खोप लगाउन सक्ने बताए ।

+2 School
Counseling
Bachelors Portal