SEE Result 2082

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि सुरू भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई सम्मान गरिएको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा एनप्याब्सनले विद्यालय स्तरको खेलकुद प्रवर्धनमा पुर्‍याएको महत्वपूर्ण योगदानस्वरूप प्रशंसा पत्र प्रदान गरिएको हो। उक्त सम्मान संस्था अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणाले ग्रहण गरेकी थिइन्।

कार्यक्रममा राखेपका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐतिहासिक कांस्य पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। टर्च दौडमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा सातै प्रदेशका ४७६ खेलाडी सहभागी छन्। एथलेटिक्स, रग्बी, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन र क्रिकेट गरी ६ खेल समावेश गरिएका छन्। २५ स्वर्ण, २५ रजत र ३३ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा भइरहेको छ।

+2 School
Counseling
Bachelors Portal