राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा

नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ ।      कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ । सम्मेलनमा सहभागी हुन आवेदन दिने युवा तथा बालबालिकालाई कार्यक्रमअघि नै दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरणसम्बन्धी कार्यशालासमेत सञ्चालन गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

    यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ रहेको छ । यसैसँग सम्बन्धित रहेर सहभागीले सम्मेलनमा आफूले गरेका वैज्ञानिक कार्य वा तयार पारेका वैज्ञानिक अवधारणा वा योजनालाई प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागीले वैज्ञानिक मञ्च, चिनजान तथा सञ्जालको अवसर प्राप्त गर्नेछन् । सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई अन्तर्राष्ट्रिय कार्यक्रममा संलग्न हुने अवसरसमेत प्रदान गरिने उहाँले बताउनुभयो ।

    सम्मेलनमा भाग लिनका लागि आवेदन फारम भर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म तोकिएको छ । भदौ ३० गते काठमाडौँको हुने सोसाइटीले जनाएको छ । 

+2 School
Counseling
Bachelors Portal