SEE Result 2082

चितवन इन्जिनियरिङ्ग क्याम्पसबाट उत्तीर्ण विद्यार्थीहरूको नाम परिषदमा दर्ता नहुने

नेपाल इन्जिनियरिङ्ग परिषदको

अत्यन्त जरुरी सूचना! 

यस नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ को (ख), ऐको नियमावली, २०५७ को नियम १५ र इन्जिनियरिङ्ग शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली, २०६६ (चौथो संशोधन २०७० सहित) को विनियम २.१ मा नयाँ इन्जिनियरिङ्ग संस्था स्थापना गर्न परिषद्बाट तोकिए बमोजिमको निवेदन र शुल्क बुझाई सहमती लिएर स्वीकृति पाए पश्चात् मात्र इन्जिनियरिङ्ग कार्यक्रम संचालन गर्नुपर्ने प्रावधान रहेकोमा परिषद्को सहमतीको लागि कुनै पनि प्रक्रिया अगाडी नबढाई यसै आ.व. २०७६/७७ देखि त्रिभुवन विश्वविद्यालयको चितवन इन्जिनियरिङ्ग क्याम्पस, रामपुर चितवनमा स्थापना गर्न खोजेको र उक्त क्याम्पसमा विद्यार्थी भर्ना गर्ने प्रक्रिया समेत अगाडी बढाएको कुरा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान डीनको कार्यालयबाट परिषद्मा प्राप्त भएका पत्रहरूबाट जानकारी हुन आएकोले माथि उल्लेखित ऐन, नियमलाई उल्लंघन हुने गरी संस्था संचालन नगर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

साथै सो क्याम्पसबाट उत्तीर्ण विद्यार्थीहरूको नाम परिषद्मा दर्ता गर्न परिषद् बाध्य नहुने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवाला, विद्यार्थी र अभिभावकज्यूलाई जानकारीको लागि समेत यो सूचना प्रकाशित गरिएको छ।

रजिष्ट्रार 

नेपाल इन्जिनियरिङ्ग परिषद्

भगवतीमार्ग, नक्साल, काठमाडौं फोन नं. ०१-४४२०६५५, ४४२०६५६,
इमेल: necgov@ntc.net.np


+2 School
Counseling
Bachelors Portal