SEE Result 2082

सूचना प्रविधिसँग शिक्षा जोड्न आवश्यकः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाइ आवश्यक भएको बताए । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धि अनलाइन शिक्षक तालिमको शुभारम्भ गर्दै मुख्यमन्त्री राईले विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको जानकारी दिए । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको उल्लेख गर्दै उनले भने, “शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।”

सामाजिक विकासमन्त्री जीवन घिमिरेले १० वर्षभित्र प्रदेशलाई किताब र झोलामुक्त गरिने लक्ष्यअनुसार काम भइरहेको बताए । कोरोनाका कारण १० वर्षभित्रको लक्ष्य तीन बर्षभित्रमा पूरा हुने आधार देखिएको उनले धारणा व्यक्त गरे । यसका लागि पहिलो चरणमा छ वटा स्थानीय तहका ६०० शिक्षकलाई प्रविधिमैत्री तालिमको सुरुवात गरिए पनि दशैँ अगावै ३० वटा स्थानीय तहका तीन हजार शिक्षकलाई सूचना प्रविधिसम्बन्धि तालिम दिइने जानकारी दिए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले प्रविधि अनलाइन तालिमले शिक्षक सिकाइमा महत्वपूर्ण उपलब्धि हुने धारणा राखेका थिए ।

+2 School
Counseling
Bachelors Portal