SEE Result 2082

चिकित्सा शिक्षामा पनि नेपाली सेनानै अब्बल

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान मेडिकल शिक्षा प्रदान गर्ने अन्य कजेलको तुलनामा अब्बल देखिएको छ । संस्थानको सातौँ वार्षिकोत्सवका अवसरमा आज भण्डारखालमा आयोजित समारोहमा छोटै समयमा नै विश्वजगतमा प्रतिस्पर्धी गर्नसक्ने जनशक्ति उत्पादन गर्न सफल भएकाले उच्च शिक्षा हासिल गर्न चाहनेका लागि पहिलो रोजाइँ बन्न सफल भएको जानकारी दिइयो ।


उक्त संस्थानद्वारा सञ्चालित चिकित्सा शिक्षा, नर्सिङ शिक्षा र पोलिटेक्निकल शिक्षामा अहिले एक हजार ३६० भन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित वार्षिक परीक्षाका संस्थाले सर्वाेत्कृष्टसहित शतप्रतिशत नतिजा हासिल गर्न सफल हुर्दैआएको छ ।

समारोहमा चिकित्सा शिक्षा, नर्सिङ शिक्षा र पोलिटेक्निकल शिक्षाको विभिन्न तहमा सर्वाेत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई नगद पुरस्कार एवं पदक प्रदान गरिएको थियो । समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुकूल शैक्षिक वातावरणमादक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गरी नेपाली सेना र समग्र राष्ट्रका गुणात्मक स्वास्थ्यको सेवाको क्षमतावृद्धि गर्ने उद्देश्यले संस्थालाई सर्वाेत्कृष्ट बनाउन भइरहेको प्रयासको सरहना गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले गुणस्तरीय शिक्षाका माध्यमबाट छोटो समयमै उत्कृष्ट नतिजा प्राप्त गर्न संस्थान सफल भएको बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक प्रा डा बच्चुराम केसी, चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन प्रा डा जगदीलाल अग्रवाल, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटालगायतले मुलुकको आवश्यकता र विश्वसमुदायमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गरेर चिकित्सा शिक्षामा आफूलाई अब्बल सावित गरेकामा बधाई दिनुभयो । उक्त अवसरम प्रधानसेनापति थापाले संस्थानद्वारा प्रकाशित वार्षिक स्मारिका लोकार्पण गर्नुभएको थियो ।

+2 School
Counseling
Bachelors Portal