SEE Result 2082

नेपाल छात्रा विद्यापदकका लागि आवेदन दिने सम्बन्धी सूचना : शिक्षा मन्त्रालय

नेपाल सरकार 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

उच्च शिक्षा शाखाको 

नेपाल छात्रा विद्यापदकका लागि आवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना

आगामी २०७६ साल भाद्र २२ गते (तदनुसार सेप्टेम्बर ८ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान हुने “नेपाल छात्रा विद्यापदक" का लागि नेपाल भित्रका विश्वविद्यालय प्रतिष्ठान वोर्ड /परिषद्बाट २०७४ सालको वार्षिक परीक्षामा प्रमाणपत्र तह वा कक्षा १२ वा सो सरह र स्नातक तहमा नियमित रुपमा उत्तीर्ण गरी विश्वविद्यालय प्रतिष्ठान बोर्ड/परिषद्को प्रत्येक संकायमा छात्रा तर्फ सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्राहरुले यही २०७६ साल श्रावण ३० गते भित्र रु. १०।–को टिकट टाँसी आफैले निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । साथै अघिल्लो वर्ष कसैको नेपाल छात्रा विद्यापदक लिन छुट भएको भए त्यस्ता छात्राहरुले समेत निवेदन गर्न सक्ने छन ।

पेश गर्नुपर्ने कागजातहरु

१. नेपाल भित्रका विश्वविद्यालय प्रतिष्ठान बोर्डपरिषद्ले अध्ययन संस्थान वा संकाय वा स्कूलको रुपमा कार्यक्रम संचालन गर्ने निकायबाट प्रमाणपत्र तह वा कक्षा १२ वा सो सरह तथा स्नातक तहमा नियमित विद्यार्थीको रुपमा उत्तीर्ण गरी छात्रा तर्फ प्रत्येक फ्याकल्टी (अध्ययन संस्थान संकायस्कूल) मा सर्वप्रथम भएको व्यहोरा सम्बन्धित परीक्षा नियन्त्रकबाट प्रमाणित पत्र पेश गर्नुपर्नेछ । साथै एउटा विश्वविद्यालय प्रतिष्ठान/बोर्ड/परिषद्बाट एउटा फयाकल्टीमा बराबर अंक वा ग्रेड प्राप्त गरेमा बाहेक एक जना भन्दा वढीलाई उपलब्ध गराईने छैन । 

२. नेपालीको हकमा नेपाली नागरिकता र विदेशी नागरिकको हकमा पासपोर्टको प्रमाणित प्रतिलिपि ।

३. ट्रान्सिक्रिप्ट्रको छायाँ प्रति 

४. अटो साइजको फोटो ३ (तीन) प्रति 

५. निवेदन फाराम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्च शिक्षा शाखा वा यस मन्त्रालयको website www.moe.gov.np बाट डाउनलोड गरी लिन सकिनेछ। म्याद नाघि वा रितपूर्वक नआएको वा शर्तपूर्ण निवेदन उपर कारवाही नहुने व्यहोरा समेत अनुरोध छ । 

+2 School
Counseling
Bachelors Portal