SEE Result 2082

नेपाल शिक्षक महासंघद्वारा एक महिने आन्दोलनको घोषणा

नेपाल शिक्षक महासंघले  एक् महिने आन्दोलनका कार्यक्रम् घोषणा गरेको छ ।

 माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि  पहिलो चरणको आन्दोलनको घोषणा गरिएको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत  आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’लेख्ने भएका छन् ।

त्यस्तै माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै माघ २५ गते नै स्थानीय स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने समेत तय भएको छ ।

माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिबिच अन्तरक्रिया कार्यक्रम गर्ने र शिक्षक–कर्मचारीका माग मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गराउने घोषणा गरेको छ ।

माघ ३० गते बुधबारपालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा सहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस प्रदर्शन गर्ने घोषण गरेको छ । त्यस्तै जिल्ला स्तरका कार्यक्रम अन्तर्गत माघ २६ गते हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइनेछ ।

+2 School
Counseling
Bachelors Portal