SEE Result 2082

एसईईको नतिजा सार्वजनिक नभइ नयाँ भर्ना लिन नपाइने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नभएसम्म कक्षा ११ मा शैक्षिक सत्र २०८० का लागि नयाँ भर्ना नलिन काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ ।

महानगर शिक्षा विभागले एक सूच्ना जारी गर्दै केही विद्यालयले कक्षा ११ मा नयाँ भर्ना सम्बन्धी निकालेको सूचना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो ।

शिक्षा विभागमा केही विद्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको उजुरी परेपछि  सबै विद्यालयलाई भर्ना नलिन निर्देशन सहितको पत्राचार गरेको छ ।

+2 School
Counseling
Bachelors Portal