निमाविको लाइसेन्स  एक वर्ष भित्र लिइ सक्नु पर्ने, अन्तर्वार्ताको मिति संशोधन

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ । 

लाइसेन्स परीक्षामा उत्तीर्ण उम्मेदेवारले सम्बन्धित एकाइमा सम्पर्क राख्नु पर्ने जनाएको हो । लाइसेन्स वितरण गर्न सुरु भएको एक वर्ष भित्र लिइसक्नु पर्ने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

अन्तवार्ता संशोधन

आयोगले निम्न माध्यमिक तहको शिक्षक छनोटका  लागि  लिने अन्तर्वार्ताको मिति संशोधन गरेको छ । आयोगले शिक्षक पदको लुम्बिनी प्रदेशको अन्तर्वार्ता कार्यतालिका संशोधन गरेको हो ।आयोगको आजको निर्णय अनुसार निमावि तह तृतीय श्रेणी शिक्षक पदको नेपाली, अंग्रेजी र सामाजिक विषयको अन्तर्वार्ता कार्यतालिका संशोधन गरेको  छ ।

 

+2 School
Counseling
Bachelors Portal