SEE Result 2082

पूर्व स्वीकृति बिना शैक्षिक मेला गर्न नपाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ ।

केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको पाइएको हुदा यस्तो निर्देशन दिएको हो ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयबाट पूर्व स्वीकृति नलिई त्यस्तो कार्यक्रम आयोजना र कार्यक्रम सम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न–नगराउन समेत निर्देशन दिएको छ र

 सूचना विपरित शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने चेतावनी समेत शाखाले दिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal