SEE Result 2082

उपत्यकाका परीक्षा हलमा २५ जना भन्दा बढी राख्न नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन निषेधाज्ञा थप गर्दै हाल सञ्चालनमा रहेको स्नातक तहको परीक्षामा २५ जना भन्दा बढीको भीडभाड हुन नहुने स्पष्ट गरेको छ ।

प्रशासन कार्यलयले एक् सूचना जारी गरी  आजदेखि १० दिन निषेधाज्ञा थप गर्दै सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा विभिन्न सर्तमा सञ्चालन गर्न विश्वविद्यालयलाई निर्देशन दिएको छ ।

परीक्षा हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने गरी परीक्षा संचालन गर्ने, परिक्षार्थीहरु हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने सर्त तय गरेको छ ।

त्यसैगरी एउटा सिफ्टका सवै व्यक्तिहरु परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिए पछि मात्र अर्को सिफ्टका विद्यार्थी तथा अन्य व्यक्तिलाई परीक्षा स्थल तथा हलमा प्रवेश गर्न मिल्ने गरी फरक समय मिलाउने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरुका अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य रुपमा स्यानिटाइज गर्ने गराउने निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal