SEE Result 2082

नयाँ शैक्षिक सत्र सुरु हुन दुई दिन बाँकी, पाठ्यपुस्तकको अत्तोपत्तो छैन

नयाँ शैक्षिक सत्र सुरु हुन दुई दिन बाँकी रहँदासम्म पनि प्राथमिक तहका पाठ्यपुस्तकको छपाइ कार्य पूरा भएको छैन ।

कर्णालीको डोल्पा, हुम्ला र जुम्लामा फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ । पाठ्यपुस्तक छपाइ कार्यमा ढिलाइ हुँदा सो तहका पाठ्यपुस्तक जिल्लामा अझै पुग्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पु¥याइसक्ने सरकारी प्रतिवद्धताले यसपटक पनि ‘हावा खाएको’ छ ।

यस वर्षबाट कक्षा १ मा नयाँ पाठ्यपुस्तक लागू हुँदैछ भने कक्षा ६ मा परीक्षणका रुपमा नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ । कक्षा १ मा सबै विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउने भए पनि कक्षा ६ मा नमूनाका लागि छनोट गरिएका विद्यालयका विद्यार्थीले मात्र नयाँ पाठ्यपुस्तक पाउनेछन् ।

नयाँ शैक्षिक सुरु हुन दुई दिन बाँकी हुँदा पनि जिल्लासम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नुको मुख्य दोषी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उसको निकाय पाठ्यक्रम विकास केन्द्र हो । कक्षा १ को पाठ्यपुस्तक ढिला गरी प्रकाशकलाई पीआरसी उपलब्ध गराइएको छ । यसपटक पनि निजी प्रकाशकले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा पाएका छन् । केन्द्रले आफ्नो वेवसाइटमा सो पाठ्यपुस्तक अझैसम्म राखेको छैन । शिक्षकहरुले पाठ्यक्रमका आधारमा अध्यापन गराउनुपर्ने भए पनि पाठ्यपुस्तक नै खोज्ने गरेका छन् । विद्यार्थीहरुले नयाँ कक्षामा भर्ना हुँदा हातमा नयाँ पाठ्यपुस्तक पाउने चाहना गर्छन्, तर राज्यको नीतिले उनीहरुलाई बर्सेनि निराश तुल्याउने गरेको छ ।

केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले कक्षा १ को पाठ्यपुस्तक आगामी फागुन १५ गतेसम्म छपाइ कार्य सम्पन्न भइसक्ने बताए । “त्यसपछि जिल्लामा पुग्नेछ” उनले भने, “यसपटक नयाँ पाठ्यपुस्तक कार्यान्वयनमा ल्याइनेछ । प्राविधिक कारणले ढिला भएको हो । ती पुस्तक जिल्ला पुगे लगत्तै वेवसाइटमा पाठ्यपुस्तक राखिदिनेछौँ ।”

अरु पनि अभाव

जनक शिक्षा सामग्री केन्द्रले छापेको कक्षा ६ देखि १० सम्मका सबै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको छैन ।

केन्द्रको प्रादेशिक छापाखाना, बाँकेका अनुसार कक्षा ६ र कक्षा ७ का सात विषय तथा कक्षा ८ का चार विषयका पाठ्यपुस्तक काठमाडौँबाट आइपुगेको छ । सो तहमा नौ वटा विषय हुन्छ । सबै विषयका पाठ्यपुस्तक नआउने रोग सुरुदेखिकै हो । कक्षा ९ र १० का पुग्ने सेटमा पाठ्यपुस्तक छ ।

सोही केन्द्रको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख धनबहादुर केसीले सुर्खेतमा गोदाम अभावले नेपालगन्जबाट पुस्तक लिइरहनु परेको र आफूहरुले आवश्यक परिमाणमा पहिले नै भण्डारण गर्न नसकेको गुनासो गरे । “यताका लागि ३० हजार सेटमा पाठ्यपुस्तक आवश्यक पर्दछ । स्टोर नभएकाले त्यसका लागि धेरै पत्र लेखिसके” उनले भने, “सामाजिक विकासमन्त्रीले कवर्ड हल दिने प्रतिवद्धता जनाउनुभएको छ । त्यो उपलब्ध हुन सके पाठ्यपुस्तक स्टोर गरेर राख्न सकिन्थ्यो ।”

+2 School
Counseling
Bachelors Portal