SEE Result 2082

त्रि वि परामर्श मनोविज्ञान विभागको जनहितमा जारी सूचना

संसारभरी हाल कोभिड - १९ महामारीबाट जनजीवन ग्रस्त र त्रस्त भएको र विभिन्न देशहरुमा हप्तौसम्म लकडाउन गरिएकोले मानिसहरु घर भित्रै बस्न बाध्य भएका छन् । कोरोना भाइरसबाट मनोबैज्ञानिक रुपमा सृजित यस्तो अस्वभाविक अवस्थाले मानिसहरुमा विभिन्न प्रकारका मनोसामाजिक तथा मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्छ । सामुहिक स्तरमा यस्ता अस्वभाविक प्रतिक्रिया असमान्य परिस्थितिको सामान्य प्रतिक्रिया हुन सक्छ तरपनि यसले व्यक्ति तथा परिवारमा डर, त्रास, ब्यग्रता तनाव, भय, चिन्ता, कुण्ठा, उदासिनता, निराशापन, असहायपन, विचलितपन, अरुप्रति दोषारोपन, परिवारिक सम्बन्धमा विचलनका साथै घरेलु हिँसा पनि हुन सक्छ ।

यस्तो अवस्थाबारे सचेत हुनुहोस । यदि मनोसामाजिक वा मानसिक स्वास्थ्यमा यस्तो अवस्था आइपरेको छ र सहयोगको आवश्यकता महसुस गर्नु भएको छ भने त्रि.बि. बाट सँचालित एम. ए. मनोपरामर्श मनोविज्ञान कार्यक्रममा फोन गरी यँहाका क्लिनिकल तथा काउन्सिलिङ्ग मनोविद (साइकोलजिष्ट) हरुबाट बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म अनलाइन मार्फत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धि निशुल्क सेवा लिनु होस् ।

सम्पर्क फोनः ०१-४३३२३३०

इमेल: mcptu2017@gmail.com

आफ्नो नाम रेजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस् 

+2 School
Counseling
Bachelors Portal