SEE Result 2082

अभ्यास शिक्षणको नम्बर लेख्न आयोगको सूचना

शिक्षक सेवा आयोगले अध्यास शिक्षणलाई तालिमको मान्यता दिँदै २०७९ चैत्र ९ गते प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापनमा अनलाइन प्रणाली मार्फत दरखास्त फाराम भर्ने उम्मेद्वारलाई अपलोड गर्न सूचना जारी गरेको छ ।

शिक्षाशास्त्रबाट शैक्षिक उपाधी हासिल गरेका  वा अध्यास शिक्षण गरेका  उम्मेदवारहरुको उक्त शैक्षिक योग्यतालाई शिक्षक सेवा आयोग नियमावलीले तालिमको समेत मान्यता दिएको हुँदा मेरो प्रोफाइल अन्तर्गत रहेको तालिमको विवरणमा  उल्लेख गर्न सूचित गरेको हो ।

उल्लिखित विषयवस्तु नै प्रविष्ट नगरी सोझै फाराम समावेश गर्ने गरेका कारणले फाराम समाविष्ट नभएको भनी बाराम्बार आयोगमा  सोद्ने हुँदा  तालिमको विवरणमा समेत शैक्षिक योग्यता अनुसारको विवरण तोकिएको स्थानमा प्रविष्ट गर्न र उक्त ट्रान्सक्रिप्ट तालिम महलमा अपलोड समेत गर्न उम्म्दवारलाई सूचित गरेको छ ।

+2 School
Counseling
Bachelors Portal