SEE Result 2082

अब निमावि शिक्षक पद माग संख्या ८०७, आयोगद्वारा विज्ञापन संशोधन (विज्ञापन सहित)

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ ।

आयोगले गत फागुन २ गते प्रकाशित गरेको विज्ञापन संशोधन गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयका पदहरु थप घट भएकोले साविकका पदमा केही पद थप गरेको छ ।

आयोगले नेपालीमा ३, अंग्रेजीमा ८, गणितमा ५, विज्ञानमा ५, सामाजिकमा ३ पद थप गरेको भएपनि समावेशी तर्फ एक पद घटाएको हुँदा २ पदमात्र थप गरेको छ । त्यसैगरी आयोगले गणित विज्ञान विषयमा ७ पद थप गरेको छ ।

आयोगले पहिलो विज्ञापनमा ७७७ जना शिक्षक छनोटका लागि विज्ञापन गरेको थियो। त्यसमध्ये

आयोगले नेपाली विषयका लागि ११७, अङ्ग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३, सामाजिकका लागि १२२, गणित–विज्ञानका लागि ६५, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७७ रिक्त पदका लागि आवेदन माग गरेको थियो ।

नयाँ विज्ञापन अनुसार नेपाली विषयका लागि १२०, अङ्ग्रेजीका लागि १८४, गणितका लागि १३३, विज्ञानका लागि १६८, सामाजिकका लागि १२४, गणित–विज्ञानका लागि ७२ पद भएको छ भने अन्य विषय यथावत रहेका छन् । त्यसमध्ये, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १ संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७७ रिक्त पदका लागि आवेदन माग गरेको छ ।

 नियमित दस्तुरमा चैत १ गते सम्ममा र दोब्ब र दस्तुर तिरी चैत ८ गतेसम्म आवेदन लिने गरी आवेदन माग गरेको हो ।

विज्ञापन

+2 School
Counseling
Bachelors Portal