SEE Result 2082

त्रिविको दीक्षान्त समारोहमा भाग लिन १९ प्रतिशतको मात्र आवेदन !

पुस १० गते आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा यस पटक ७९ हजार एक सय ९१ विद्यार्थी दीक्षित हुने योग्य छन् । तर दीक्षान्त समारोहमा सहभागिता जनाउन १७ हजारले मात्र आवेदन दिएका छन् । अर्थात विश्वविद्यालयबाट शिक्षा हासिल गरी शैक्षिक योग्यताको प्रमाणपत्र लिने १९ प्रतिशत मात्र रहेको पाइएको छ ।

पोहोर ७२ हजारमा दीक्षित हुने योग्यमध्ये १४ हजारले मात्र दीक्षान्त समारोहमा सहभागिताको आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलवपति प्राडा दीपक अर्यालका अनुसार उनी उपकुलपति भएदेखि त्रिविमा वातावरण अनुकुल निर्वाधरुपमा काम गरिरहेका छन् ।  

अगामी महिनामा हुने ५१ औँ दीक्षान्त समारोहकोलागि ग्रेसलिस्ट त्रिवि सभाले पास गरिसकेको छ । विद्यार्थीले सबै परीक्षा पास गरी दीक्षित हुन योग्य भए पनि शैक्षिक योग्यताको प्रमाणपत्र लिनमा खासै रुचि नदेखिएको उनको भनाइ छ ।

‘त्रिविको इतिहासमा यस पटक हामीले दीक्षान्त समारोहमा जापानको टोकियो विश्वविद्यालयका नोवेल पुरस्कार विजेता वैज्ञानिकलाई दीक्षान्त भाषण गर्न निम्त्याउने पक्का गरेका छौं । यो हाम्रो विश्वविद्यालयको गौरवको विषय हो,’ उपकुलपति अर्यालले नागरिकसँगको भेटमा भने, ‘तर हाम्रो विश्वविद्यालयमा दीक्षान्तमा सहभागी हुने योग्य मध्ये १९ प्रतिशत मुस्किलले सहभागिता जनाउनुले राम्रो सन्देश दिँदैन ।’

‘विश्वभरिका विश्वविद्यालयहरुमा शैक्षिक योथ्यताको प्रमाणपत्र लिन विद्यार्थी मात्र होइन तिनका अभिभावक पनि सहभागिता जनाउने गरेको पाइन्छ । हामी कहाँ दीक्षान्तको महत्व नबुझेको र विश्वविद्यालयले बुझाउन नसकेको कारण पनि विद्यार्थीको रुचि कम देखिन्छ’, उनले भने ।

+2 School
Counseling
Bachelors Portal