SEE Result 2082

देशभरमा २४७ पुस्तकालय मात्र जीवित, ती पनि अधिकांश बन्द हुने अवस्थामा

हाल देशभरमा २४७  मात्र बाँकी रहेका छन् । १९७ं४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये हाल ६८१ पुस्तकालय बन्द भइसकेका छन् ।  बचेका मध्ये अधिकांश पुस्तकालय पनि बन्द हुन अवस्थामा पुगेकाछन् ।

रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले सङ्कलन गरेको तथ्याङकले यस्तो विवरण फेला पारेको हो । अध्ययनको विस्तृत रिपोर्ट  भने पुस्तकालयको आगामी असार १५ र १६ गते हुने  दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक  गरिने गरिने शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए ।

दोस्रो राष्ट्रिय सम्मेलन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपसचिव निरौलालले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरु नगन्य रहेपनि सरकारले ७५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए । निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको  जानकारी दिए ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिनै लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरु लमोसमय सञ्चालन हुन नसकेको बताए । रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरु सञ्चालन गरेको साथै, ती सबै दिगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले स्पष्ट पारे ।

शान्ति भोलुन्टियर एसोसिएसनका विनोद गुरुङले सरकारले सार्वजनिक पुस्तकालयको संख्या बढाउनुपर्नेमा जोड दिए । पुस्तकालय सर्वसाधरण जनताको विश्वविद्यालय भएको भन्दै हरेक स्थानीय तहमा पुस्तकालय खोलिनुपर्ने उनको भनाइ थियो ।

+2 School
Counseling
Bachelors Portal