SEE Result 2082

सबै ‘अनुत्तीर्ण’लाई मौका परीक्षाको अवसर

२०८० सालको एसइईमा जतिसुकै विषयमा ननग्रेडेड प्राप्त गरेको भए पनि एक पटकका लागि मौका परीक्षामा सबै विद्यार्थीलाई सम्मिलित हुन दिने शिक्षामन्त्रीस्तरीय निर्णय भएको छ ।

त्यसका लागि लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्न पाठ्यक्रम विकास केन्द्रलाई आजै परिपत्र गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले एक पटकका लागि मात्र जतिसुकै विषयमा एनजी आए पनि मौका परीक्षामा सम्मिलित हुन दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

हालको व्यवस्थाअनुसार बढीमा दुई विषयसम्म एनजी भएकाले मौका परीक्षामा सम्मिलित हुन पाइनेछ । आगामी साउन १८ र १९ गते मौका परीक्षा तोकिएको थियो । बिहीबार सार्वजनिक भएको २०८० सालको एसइईको नतिजाअनुसार एक लाख १५ हजार ८३४ परीक्षार्थीले मौका परीक्षामा सम्मिलित हुन पाउने  थिए ।

यसैगरी मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डलाई एनजी उल्लेख भएका सबै विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गरिदिन निर्देशन दिएकी छिन् । त्यसका लागि पनि आजै बोर्डमा पत्राचार गरिएको छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार एनजी प्राप्त गरेका विद्यार्थीले तीन पटकसम्म परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । मौका परीक्षामा पनि एनजी प्राप्त गरेका विद्यार्थीले आगामी वर्ष जेजति विषयमा एनजी प्राप्त गरेको हो सोही विषयमात्र दिए पुग्छ ।

मन्त्रालयले शिक्षण सिकाइका लागि आवश्यक प्रबन्ध गर्न पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ । 

+2 School
Counseling
Bachelors Portal