SEE Result 2082

सिद्धार्थका विद्यार्थीलाई अभिमुखीकरण

कलङ्कीस्थित सिद्धार्थ बहुमुखी क्याम्पसका विद्यार्थीलाई शैक्षिक, प्रशासनिक तथा व्यवस्थानका क्षेत्रमा सफलता हासिल गर्न अपनाउनुपर्ने विषयका बारेमा आज तालिम दिइएको छ । कार्यक्रममा नव जीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले निरन्तर प्रयास गर्ने हो भने विद्यार्थी तथा समाजका जुनसुकै क्षेत्रमा आवद्ध व्यक्तिका लागि पनि सफलता हासिल गर्न कठिन नहुने बताए । 

औपचारिक रूपमा कक्षा ८ सम्मको मात्रै पढाइ पूरा गरेका दाहालले बाटामा कठिन अवस्थामा रहेका जेष्ठ नागरिकलाई उपचार गरी सम्बन्धित परिवारमा पुनर्मिलन, सडक दुर्घटनामा परेर घाइते भएका कुकुर, बिराला, गाई, बाच्छा, पेरवाको उपचार तथा उद्धार तथा समस्या परेका नागरिकलाई खाना खुवाउनेदेखि पालनपोषण लगायतका काम गर्दै आएका छन् । 

कार्यक्रममा उनले भने, “हरेक नागरिकले समाजबाट के पाँए भन्दा पनि के दिँए भन्ने भावनाका साथ काम गर्ने हो भने सुख खोज्न कतै पनि जानु पर्दैन ।”

कलेजका अध्यक्ष गोविन्द घिमिरेले विद्यार्थीलाई पढाइसँगै समाजका लागि आवश्यक पर्ने ज्ञान र सीप बाडँन सक्ने सीप प्रदान गर्ने प्रतिवद्धता जनाउँदै उक्त कलेजबाट उत्पादित विद्यार्थीमध्ये न्यूनतम १० प्रतिशतलाई संस्थाले रोजगारीको ग्यारेन्टी गर्ने घोषणा गरे । 

कलेजका प्राचार्य शिवराम रिजालले फरक क्षमता र रुचि भएका विद्यार्थीको स्वभावका बारेमा चर्चा गर्दै सबै विद्यार्थीको एकै प्रकारको क्षमता र रुचि नहुने भएकाले तिनको पहिचान गरेर सोहीअनुसार पठनपाठन गर्नुपर्ने बताए ।

+2 School
Counseling
Bachelors Portal