SEE Result 2082

प्याब्सन एसईई प्रि-बोर्ड परीक्षा माघ २२ गतेदेखि

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) प्रि-बोर्ड परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। यसअघि माघ १४ गतेदेखि सुरु हुने भनिएको उक्त परीक्षा अब २०८२ माघ २२ गते (फेब्रुअरी ५, २०२६) देखि सञ्चालन हुनेछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले मुख्य एस.ई.ई. परीक्षा २०८२ चैत १९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेपछि प्याब्सनले पनि आफ्नो प्रि-बोर्ड परीक्षाको मिति परिमार्जन गरेको हो।

परिमार्जित परीक्षा तालिका

परीक्षा समय: बिहान ७:३० देखि १०:३० बजेसम्म

मिति (वि.सं.) बार विषय
२०८२ माघ २२ बिहीबार अंग्रेजी
२०८२ माघ २३ शुक्रबार नेपाली
२०८२ माघ २५ आइतबार गणित
२०८२ माघ २६ सोमबार विज्ञान
२०८२ माघ २७ मंगलबार सामाजिक शिक्षा
२०८२ माघ २८ बुधबार ऐच्छिक प्रथम पत्र
२०८२ माघ २९ बिहीबार ऐच्छिक द्वितीय पत्र

 

+2 School
Counseling
Bachelors Portal