SEE Result 2082

दृष्टीविहिन शिक्षक पराजुलीले आजदेखि मन्त्रालयमा धर्ना दिने

पूर्ण दृष्टीविहिन शिक्षक (निमा तृतीय) श्रेणीका शिक्षक संगीता पराजुलीले आफूलाई दुर्गम क्षेत्रमा सरुवा नगर्न माग गर्दै आजदेखि शिक्षा मन्त्रालयमा भर्ना बस्ने भएकी छिन् ।

२०७९ सालदेखि निम्न माध्यमिक तह (नेपाली विषय) को शिक्षकका रुपमा कार्यरत शिक्षक पराजुलीले  कार्यरत विद्यालयबाट काज फिर्ता भएपछि यस्तो निर्णय गरेकी हुन् ।

भरतपुर महानगरपालिका वडा नं. २६, चनौली स्थायी बसोबास गर्ने शिक्षक पराजुलीले रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिका, वडा नं ९ स्थित मानेडाँडा मावि पिङखुरीमा २०७९ माघ २४ गतेदेखि आफू कार्यरत रहेको बताइन् । ्

भौगोलिक विकटता तथा शारीरिक अशक्तताका कारण विद्यालय समयमा नै विद्यालयको प्राङ्गणमा लड्न पुगी २०८० फागुन दुई गते दाहिने हात भाँचिएर झनै अपाङ्गता थपिन गएको हुँदा  करीब २ महिना हातको शल्यक्रिया तथा नियमित चेकजाँचसहित ओछ्यान पर्न बाध्य भएँको गुनासो गरिन् । सो अवधिमा नै शिक्षा मन्त्री, समक्ष मेरो अवस्था दर्शाई लिखित अनुरोध पत्र पेश गर्नुका साथै शिक्षा तथा मानव स्रोत केन्द्र एवम् शिक्षा विकास निर्देशनालय हेटौंडामा समेत  जानकारी दिएको भए पनि अहिलेसम्म सुनुवाइ नभएको उनले बताइन् ।

नियुक्ति पाएको दुई महिना सम्म विद्यालयले हाजिर गर्न नदिइ यताउता भौतारिनु परेको हुँदा काज सरुवा गरी हाल कार्यरत विद्यालयमा काजमा पदस्थापन गरिएको  बताइन् ।  उक्त काज फिर्ता भएर अझै विकट स्थानमा खटाउन लागिएको भन्दै उनले अनसन बस्ने निर्णय आफूले गरेको बताइन् । ‘मत दृष्टीविहिन छु मैले यो संसार अरुको आँखाले देखिराखेको छु तर के जिम्मेवार निकायमा बस्ने, मेरा विषयमा जान्ने छु र मेरा विषयमा निर्णय गर्ने सबै जनाले मेरो पिडा नदेख्नु नै भएको हो त ?’ उनले भनिन्, ‘मैले काम नगरी वेतन मागेको होइन, मात्र जागिर गर्न सक्ने उचित स्थान दिनुहोस् भन्न खोजेको हो । मेरो जस्तो अवस्था कसैको नहोस तर के मेरा विषयमा निर्णय गर्न सक्ने जिम्मेवार व्यक्तित्वह मलाई खटाइएको स्थानमा आफ्ना दुवै आँखा चिम्लेर पुग्न सक्नुहुन्छ त ? हामी जस्ता पूर्ण दृष्टीविहिन व्यक्ति शिक्षित भइ आफ्नो जीविकोपार्जन गर्न सक्षम भएकोमा राज्यले गर्व गर्नु पर्छ, प्रताडित होइन ।’

+2 School
Counseling
Bachelors Portal