SEE Result 2082

एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने

त्रिभुवन विश्वविद्यालय मातहतमा एक वर्ष आफ्नो कार्यकाल पुरा गरेका आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने, समान कामको समान ज्याला लगायतको माग राखि आंशिक प्राध्यापकहरु आन्दोलमा उत्रिएका छन् । कोरोना संक्रमणपछि आफूहरुले निरन्तर काम गरेपनि पारिश्रमिक नपाएको समान कामको पारिश्रमिक फरक भएको भन्दै आंशिक प्राध्यापकहरु उपकुलपति कार्यालय परिसरमा दुईदिन देखि धर्नामा बसेका छन् ।

त्रिविको करिब ८० प्रतिशत कक्षा आंशिक प्राध्यापकले लिँदै आएका छन् । देशभर करिब १८ सय आंशिक प्राध्यापक कार्यरत रहेको आंशिक प्राध्यापक संघले जानकारी दियो । त्रिविले आंशिक शिक्षकको आँखामा छारो हाल्ने गरेको ।  उपेक्षा गरेकै कारण बाध्य भएर आन्दोलनमा  उत्रिएको प्राध्यापकहरु बताउँछन् । ‘एउटै कक्षा पढाउने अन्य प्राध्यापकले मासिक ४३ हजार सम्म बुझ्दा आफूहरुले ८ हजारमा चित्त बुझाउनु परेको छ ।’संघका उपाध्यक्ष युवराज लामिछानेले भने, ‘ समान कामको समान ज्याला मुख्य माग हो, त्रिविले पटक पटक आश्वासन दिएपनि माग सम्बोधन गर्न तत्पर देखिएन ।’

त्रिविमा २०७४ मंसिरदेखि आंशिक प्राध्यापक नियुक्त गर्न थालिएको हो । त्रिवि कार्यकारी परिषद्ले २०७४ वैशाखमै दरबन्दी थप्ने निर्णय गरेपनि अहिलेसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन । सरकार र विश्वविद्यालयसँग भएको सहमति अनुसार आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्न १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय भए पनि सरकारले दरबन्दी थपका लागि स्विकृति नदिँदा विश्वविद्यालयले आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिन नसकेको पदाधिकारीहरु बताउँछन् ।

+2 School
Counseling
Bachelors Portal