SEE Result 2082

निजी विद्यालय सञ्चालकको प्रदर्शन

निजी विद्यालय सञ्चालकहरूले संयुक्त रुपमा आज माइतीघरमा प्रर्दशन गरेका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरुले प्रर्दशन गरेका हुन् । 

विधेयक संशोधन गरेर मात्र  ल्याउनु पर्ने माग राख्दै आज माइतिघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रम् अनुसार प्रदर्शन गरिएको जनाएका छन् ।निजी विद्यालय संगठनहरुसँग छलफल नै नगरी सरकारले एकलौटी तरीकाले विद्यालय शिक्षा ऐन ल्याउन खोजेको र गुठीमा जानुपर्ने बाध्यकारी ऐन ल्याउन लागेको भन्दै निजी विद्यालय सञ्चालकहरू प्रदर्शन्मा उत्रिएका हुन् ।

प्यब्सन, नेशनल प्यब्सन, हिसानले संयुक्त रुपमा आन्दोलन गर्दै विधेयकमा राखिएका केही प्रावधान आफ्नो अनुकूल बनाउन माग राख्दै प्रदर्शन गरेका छन् ।विधेयकमा ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायत विषवसतु समावेश गरेको छ ।

विधेयक संसदमा पेस हुनु अगावै निजी विद्यालयहरुका माग सम्बोधन नभए कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत देशैभरी सञ्चालनमा रहेका विद्यालयहरु आफ्ना मागपुरा नभएसम्म बन्दगर्ने घोषणा गरिसकेका छन् । 

+2 School
Counseling
Bachelors Portal