SEE Result 2082

नक्कली प्रमाणपत्रका भरमा स्थायी

नक्कली प्रमाणपत्र देखाएर स्थायी नियुक्ति पाएका एक शिक्षिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ । 

तनहुँको कुमारी आधारभूत विद्यालय शुक्लागण्डकीमा कार्यरत शिक्षका शारदा अधिकारी (लामिछाने) विरुद्ध मुद्दा दर्ता गराएको हो । 

शिक्षिका अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्रका भरमा स्थायी नियुक्ति लिई सेवा सुविधा लिएको उजुरु माथि छानविन हुँदा शिक्षिकले भारतको बिहार विदालय परीक्षा समिति, पटना भारतबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेको झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको हुँदा मुद्दा दायर गरिएको अख्तिियारले जानकारी दियो ।

नक्कली प्रमाणपत्र पेश गरेर सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरिएको भेटिएकाले अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

+2 School
Counseling
Bachelors Portal