SEE Result 2082

नेपाल प्रज्ञा प्रतिष्ठानमा विश्वशान्तिका लागि कविता वाचन

काठमाडौँ, १८ भदौ (रासस) : विश्वशान्तिको कामना गर्दै अन्तरराष्ट्रिय क्षेत्रका कवि कवियत्री र नेपाली साहित्यकारहरुले संयुक्त रुपमा कविता वाचन गरेका छन् ।

भवदेव पन्त स्मृति प्रतिष्ठानद्वारा मङ्गलबार यहाँ आयोजित साहित्यिक कार्यक्रममा विश्व कविता वाचन महोत्सवका मुख्य संयोजक डा युरी जाम्ब्रानो मेक्सीको), एशिया संयोजक अमिनुर रहमान (बङ्गलादेश), डा रेश्मा रमेश (भारत) डा मायरा चाभेज (मेक्सीको) र अन्य ख्याति प्राप्त नेपाली कवि तथा कवियत्रीले शान्तिको लागि कविता शीर्षकमा आ–आफ्नो कविता वाचन गर्नुभएको थियो ।

वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा भएको सो कविता महोत्सवमा कविता वाचन गर्ने कविहरु डा युरी जाम्ब्रानो, भुवनहरि सिग्देल, अमिनुर रहमान, प्रह्लाद पोखरेल, डा रेश्मा रमेश, कोशराज न्यौपाने, डा मायरा चाभेज, श्रीमती तोया गुरुङ, हीरण्यकुमारी पाठक, भीष्मराज ढुङ्गाना, विश्वविमोहन श्रेष्ठ, रश्मी रिमाल, रेजिना पाण्डेलगायत हुनुहुन्थ्यो ।

यस अवसरमा विश्व कविता वाचन महोत्सवका मुख्य संयोजक डा युरी जाम्ब्रानोले यस महोत्सवको अवसरमा यसपल्ट भारतका विभिन्न शहर र बङ्गलादेशमा स्थानीय कविहरुसँगै कविता वाचन गरेको र कविताको माध्यमबाट विश्व भ्रातृत्व कायम गर्दै विश्वमा शान्तिको कामना गर्ने उद्देश्यबाट प्रेरित भई विश्वका करीब आठ हजार कवि तथा कवयित्रीले यसमा सहभागिता जनाएको जानकारी दिनुभयो ।

त्यस्तै एशिया संयोजक अमिनुर रहमानले कवि र कविताको माध्यमबाट आफूले धेरै मित्र बनाएको र यसबाट आत्म सन्तुष्टि मिलेको बताउँदै हालै राष्ट्रकवि माधवप्रसाद घिमिरेसँगको भेटबाट साह्रै प्रेरणा मिलेको उल्लेख गर्नुभयो । यसै अवसरमा भारतकी ड रेश्मा रमेशले कवितामा महिलाको सहभागितामा जोड दिनुभयो । 

प्रमुख अतिथि वैरागी काइँलाले शान्ति र कविताको अन्योन्याश्रित सम्बन्ध भएको र विश्व कविता वाचन महोत्सवजस्तो कार्यक्रमले यहाँका कविहरु र विश्वका अन्य मुलुकका कविहरुसँग सौहाद्रता वृद्घि हुने र थोरै भए पनि विश्वमा शान्तिको लागि योगदान पुग्ने धारणा राख्नुभयो ।
विश्व कविता वाचन महोत्सवका नेपाल संयोजक तथा भवदेव पन्त स्मृति प्रतिष्ठानका सचिव विजयदेव पन्तले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएकोे थियो ।

+2 School
Counseling
Bachelors Portal