SEE Result 2082

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सबै सेवा आजबाट बन्द गरिएको छ । उक्त विशवविद्यालयको पनिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिले फैलिरहेको अवस्थालाई मध्यनजर गरी कोघिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशन अनुसार सबै सेवा बन्द गरेको विश्वविद्यालयले एक सूचना जारी गरी जनाएको छ ।

त्यसैगरी विश्वविद्यालयले प्रकाशन गरेको परीक्षाफलमा चित्त नबुझी रिटोटलिङ गर्न चाहाने विद्यार्थीहरुको लागि बैशाख २६ गतेसम्म हदम्याद भए पनि कोभिड (१९ को कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकोले रिचेकिङ्ग,रिटोटलिङको फारम उत्पन्न परिस्थितिका कारण अनलाइन वा ईमेल मार्फत पठाउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ ।

उक्त फारम भर्दा लाग्ने दस्तूर कार्यलयको बैङ्क खातामा जम्मा गरी बैङ्क मार्फत जम्मा गरेको भौचर र विषय उल्लेख गरी कलेजमा ईमेल गर्नु पर्ने जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal