SEE Result 2082

पोखरा विश्वविद्यालयमा तालाबन्दी

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । 

गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् । परीक्षामा छुटेकालाई मौका परीक्षा सञ्चालन नगरे थप आन्दोलन गर्ने उनीहरुले क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन् । पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो ।स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा बिपिएचका विद्यार्थी छुटेका थिए । क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो । सो विरोधमा उत्रिएका केही विद्यार्थी घाइते समेत भएका थिए ।छुटेका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन मिल्ने नमिल्ने बारेमा अहिले भन्न सक्ने अवस्था नरहेको परीक्षा समितिका अध्यक्ष एवं क्याम्पसका रजिष्टार गोविन्द शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकेडेमिक काउन्सिलका अध्यक्ष उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्मा बिदामा बस्दै हुनुहुुन्छ । उहाँ काठमाडौँ हुनुहुन्छ । उहाँको उपस्थितिबिना परीक्षा समितिले निर्णय गरेर अगाडि बढ्न सक्दैन ।”

+2 School
Counseling
Bachelors Portal