SEE Result 2082

वैकल्पिक विधिबाट परीक्षाको तयारी गर्दै पोखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालयले विभिन्न संकायको परीक्षा अब वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी थालेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा सरकारको निर्देशनअनुसार भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरू स्थगित भैसकेको सन्दर्भमा अब पोखरा विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको हो । विश्वविद्यालयले यसका लागि आवश्यक प्रक्रिया अघिबढाइ सकेको आज एक सूचना जारीगरी जानकारी दिएको छ ।

कोरोना महामारीका कारण विद्यार्थिको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न कठिन भए पछि विश्वविद्यालयले परीक्षाहरुलाई बैकल्पिक विधिबाट सुचारु गर्ने गरी प्रक्रिया अगाडि बढाएको सूचना अधिकृत लोकप्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सीसीएमसीको निर्देशन समितिको बैठकले पूर्व निर्धारित सबै परीक्षा स्थगन गर्ने निर्णयसंगै अर्को सूचना नआएसम्मको लागि पोखरा विश्वविद्यालय परीक्षा समितिको बैठकले भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षा यसअघि नै स्थगित गरिसकेको छ ।

+2 School
Counseling
Bachelors Portal