SEE Result 2082

२०५८ साल र त्यस पछि भर्ना भएकाहरुलाई प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना: ​त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

२०५८ साल र त्यस पछि भर्ना भई परीक्षाको समय सिमा नाघेका विद्यार्थीहरूको शोधपत्र, प्रयोगात्मक र शिक्षण अभ्यास विषयको परीक्षा फारम र परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०७६ साल जेठ ५ गते बसेको बैठकको निर्णय नं. ३३४ अनुसार त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ साल र त्यसपछि भर्ना भई परीक्षाको समय सिमा नाघेका तर सम्पूर्ण सैद्धान्तिक विषयहरू उत्तीर्ण गरी शोध पत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास वाँकी रहेका सम्पूर्ण सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका निम्नानुसार परीक्षा कार्यक्रम सञ्चालन हुने सूचना सम्बन्धित सबैको लागि सूचित गरिन्छ । 

क) त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक परीक्षा प्रणाली अन्तर्गत समय सिमा नाघेका स्नातकोत्तर तह अन्तर्गत सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण भइ सकेका तर शोधपत्र मात्र बाँकी रहेका परीक्षार्थीहरूले मिति  २०७६ साल श्रावण मसान्त भित्र मौखिक परीक्षा गरी २०७६ साल भाद्र मसान्त भित्र शोधपत्रको प्राप्ताङ्ग त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्नु पर्ने छ। 

ख ) त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ सालमा भर्ना भई २०७५ साल सम्म समय सिमा नाघेका स्नातकोत्तर तह, एक वर्षे वि. एड., तीन वर्षे स्नातक तह र प्रवीणता प्रमाणपत्र तह अन्तर्गत सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण भएका तर प्रयोगात्मक र शिक्षण अभ्यास मात्र बाँकी रहेका परीक्षार्थीहरूको लागि २०७५ सालको परीक्षा फारम सम्बन्धित क्याम्पस बाट (प्रत्येक वर्ष/खण्डको छुट्टा छुट्टै भराई मिति २०७६ साल असार २० गते भित्र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्पामा पुयाई सक्नु पर्ने छ र फारम भरेको अन्तिम मितिबाट सम्बन्धित कार्यालयमा सम्पर्क गरी क्याम्पसहरूले २०७६ साल भाद्र मसान्त भित्र प्रयोगात्मक र शिक्षण अभ्यास गराई प्राप्ता परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अनिवार्य रुपमा बुझाउनु पर्ने छ । परीक्षा फारम भर्दा परीक्षार्थीले सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण गरेका मार्कसिटहरूको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । 

ग) परीक्षा आवेदन फारमको लागि प्रत्येक खण्डको फारम छुट्टाछुट्टै भराउनु पर्ने छ । 

घ) परीक्षा शुल्कः परीक्षा शुल्कको हकमा प्रवीणता प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहमा निम्नानुसार हुनेछ। 

प्रवीणता प्रमाण पत्र तह 

क. क्याम्पसका परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रू. ५००/

ख. प्राइभेट परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रु १000/

ग. परीक्षा आवेदन फारम शुल्क रू.१००/

घ. परीक्षा केन्द्र शुल्क प्रति खण्ड रू. १५०/

ङ. प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क रु ३00/

च. दुई वा सोभन्दा बढी विषयका लागि प्रयोगात्मक परीक्षा शुल्क रू ५00/

छ.फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रू. ३००/

ज. शिक्षण अभ्यास शुल्क (३ वर्षे बि.एड.को लागि) रू. ४००/

स्नातक तह 

क. क्याम्पसका परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रू. ५५०/

ख. प्राइभेट परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रू.१२००/

ग. परीक्षा आवेदन फारम शुल्क रू.१००/

घ. परीक्षा केन्द्र शुल्क प्रति खण्ड रू १५०/

ङ.प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क रू. ३००/

च.दुई वा सोभन्दा बढी विषयका लागि प्रयोगात्मक परीक्षा शुल्क रू.५००/

छ.फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु ३५०/

ज. शिक्षण अभ्यास शुल्क (३ वर्षे बि.एड.को लागि) रु ५००/

स्नातकोत्तर तह 

क. क्याम्पसका आंशिक परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रू ७२५/

ख. प्राईभेट परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रू.१५००/

ग. परीक्षा आवेदन फारम शुल्क रू. १००/

घ.परीक्षा केन्द्र शुल्क प्रति खण्ड रू. १५०/

ङ. प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क रू.३००/

च. प्रयोगात्मक परीक्षा दुई वा सो भन्दा बढी विषयका लागि रू. ५००/

छ. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रू. ४००/

ज. शिक्षण अभ्यास शुल्क (दोस्रो वर्ष एम ए को लागि रू. ५००/

ङ) परीक्षा शुल्क बुझाउने सम्बन्धमा :

काठमाण्डौ उपत्यका भित्र तथा उपत्यका बाहिरका क्याम्पसका परीक्षार्थीहरूको परीक्षा शुल्क त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको ने.बैं. लि. एक्टेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०४५११६००० ९९११०००००१० वा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्टेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०५०१०१००००५०० मा जुनसुकै शाखाबाट जम्मा गरेको भौचर सहित परीक्षा फारम यस परीक्षा नियन्त्रण कार्यालयमा पेश गर्नुपर्नेछ साथै प्राइभेट तर्फका परीक्षार्थीले परीक्षा शुल्क प, नि, का, बल्खुमा रहेको एक्टेन्सन काउन्टरबाट मात्र नगद दाखिला गरी परीक्षा फारम बुझउनु पर्नेछ ।

+2 School
Counseling
Bachelors Portal