SEE Result 2082

प्राविको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको हिजोको निर्णय अनुसार बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगबाट गत चैत्र १९ र असार १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीको आयोगले माघ १८ देखि २२ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइ कैलालीमा अन्तर्वार्ता लिने जनाएको छ ।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीमा ६५ जना, अछाममा १३७ रिक्त दरबन्दीको लागि १९० जना शिक्षकले परीक्षा दिएकोमा १३५ जना मात्रै उत्तीर्ण भएका छन्।

यस्तै डोटीको १४८ रिक्त दरबन्दीको परीक्षामा ३०९ जना सहभागी भएकोमा १३४ जना, कञ्चनपुरमा ७६ रिक्त दरबन्दीको २१८ जनाले परीक्षा दिएकोमा ८० जना उत्तीर्ण भएका छन्।

नतिजा हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal