SEE Result 2082

विश्वविद्यालयको शैक्षिकसत्रमा एकरुपता ल्याउन एकीकृत शैक्षिक क्यालेन्डरको प्रस्तावित ढाँचा तयार

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको शैक्षिकसत्रमा एकरुपता ल्याउने उद्देश्यले एकीकृत शैक्षिक क्यालेन्डर लागु गर्नका लागि प्रस्तावित ढाँचा तयार गरेको छ ।

आयोगले तयार गरेको प्रस्तावित क्यालेण्डरमा सेप्टेम्बर पहिलो (मध्य असोज) हप्ता भर्नाका लागि आवेदन माग गर्ने, प्रवेश परीक्षा (असोज तेस्रो) अक्टोबर पहिलो हप्ता सञ्चालन गरी मंसिर एक गतेदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी गरेको छ ।

विश्वविद्यालयले नतिजा सार्वजनिक हुनु पहिल्यै भर्ना गर्न नपाइने प्रावधान राखिएको छ । विश्वविद्यालयले कक्षा १२ को नतिजाअघि नै विद्यार्थी भर्ना गराउने, फागुन–चैतसम्म पनि विद्यार्थी भर्ना गरिराख्ने, पढाइ सकिएको महिनौं बितिसक्दा पनि परीक्षा सञ्चालन नगर्ने र नतिजा प्रकाशनमा ६ महिनादेखि दुई वर्ष लगाउने प्रवृत्रि मौलाए पछि एकीकृत क्यालेण्डर लागु गर्ने भएको हो ।

 विश्वैविद्यालय अनुदान आयोगका अध्यक्ष, प्राडा देवराज अधिकारी, संयोजक तथा , राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष, महाश्रम शर्मा, शिक्षाशास्त्र संकाय, त्रि।वि।का डीन,प्रा।डा। चित्रबहादुर बुढाथोकी, काठमाडौं विश्वरविद्यालयका परीक्षा नियन्त्रक, प्राडा रामप्रसाद घिमिरे,   त्रिभुवन विश्वीविद्यालयका प्रँ पूर्व रजिष्ट्रा्र,  डिल्लीराम उप्रेती,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव, डा. हरि लम्साल, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्ण, प्रसाद काप्री सदस्य रहेको कार्यदलले एकीकृत शैक्षिक क्यालेण्डरको प्रस्तावित ढाँचा तयार गरेको हो ।

कार्यदलले तयार गरेको प्रस्तावित क्यालेन्डर वार्षिक र सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुने सबै विश्वविद्यालय र उच्च शिक्षण संस्थाका शैक्षिक कार्यक्रममा एकरुपता ल्याउन तयार गरिएको कार्यदलले जानकारी दियो ।

राष्ट्रिय परीक्षा बोर्डले साउन अन्त्यसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने गरी बार्षिक कलेण्डर लागु गरेको हुँदा सोही अनुसार क्याम्पसहरूले असोजभित्र विद्यार्थीको प्रवेश परीक्षा र भर्ना सक्नुपर्ने विश्वविद्यालयको प्रस्तावित क्यालेन्डरमा उल्लेख छ ।

सेमेस्टर प्रणालीको कक्षा अन्त्य फागुनसम्म गरेर चैतमा अन्तिम परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव कार्यदलको मस्यौदा क्यालेण्डरमा उल्लेख छ ।

विश्वविद्यालयले परीक्षा सकिएको लामो समयसम्म नतिजा प्रकाशन नगर्ने वर्तमान अवस्थाको मध्यनजर गर्दै परीक्षा सकिएको दुई महिना भित्र अर्थात् जेठभित्र नतिजा प्रकाशन गरिसक्नुपर्ने प्रस्तावित क्यालेण्डरमा उल्लेख छ ।

 प्रस्तावित क्यालेन्डरमा वार्षिक प्रणालीमा तोकिएको समयावधि नबढ्ने गरी विश्वविद्यालयले आन्तरिक क्यालेन्डर लागू गर्न सक्ने उल्लेख छ ।  वार्षिक प्रणालीका हकमा भने ढिलोमा मंसिर १ मा पठनपाठन थालेर भदौसम्म कोर्स पूरा गरी असोज १५ भित्र परीक्षा सक्नुपर्ने समय सीमा प्रस्ताव गरेको छ ।

+2 School
Counseling
Bachelors Portal