SEE Result 2082

पोखरा विश्वविद्यालय पूर्व विद्यार्थीहरूको दस्तावेज तयार गर्दै

पोखरा विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन गरी दस्तावेज तयार गर्ने भएको छ ।

पोखरा विश्वविद्यालयबाट विभिन्न उपाधि हासिल गरी राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरूको यकिन तथ्याङ्क सङ्कलन  गरी दस्तावेज तयार गर्ने उद्देश्यले विश्वविद्यालयले यो अभियान सञ्चालन गर्ने भएको हो ।

पोखरा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधी तहमा अध्ययन पुरा गर्ने विद्यार्थीहरूलाई वर्सेनि विश्वविद्यालयले उपाधि प्रदान गर्दै आएको छ । विश्वविद्यालयबाट उपाधि ग्रहणगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत विद्यार्थीहरूको विवरण सङ्कलन गर्न नोबेल कोराना भाइरस (कोभिड –१९) को  विश्व संक्रमण तीव्र भएकै समयमा पनि अनलाइन मार्फत आवेदन फर्म भर्न विश्वविद्यालयले विद्यार्थीहरूलाई आग्रह गरेको विश्वविद्यालयको सूचना शाखाले जानकारी दियो ।

 

+2 School
Counseling
Bachelors Portal