SEE Result 2082

त्रिविको स्थगित परीक्षा फागुनमा गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले  गते माघ ६ गते स्थगित गरेको परीक्षा फागुनमा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिविले आगामी २० गते भित्र सूचना प्रकाशन गर्ने गरी तयारी गरिहेको हो ।

‘परीक्षा सञ्चालनको विषयमा छलफल  भइरहेको छ ।’त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘आगामी २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी छलफल भइरहेको छ ।’

आगामी बुधबार परीक्षा नियन्त्रण कार्यालयले  बुधबार डिनहरू सहितको परीक्षा सुधारको बैठकले स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्ने गरी छलफल हुने उनले जानकारी दिए । ‘आइतबार कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्छौं ।’ उनले भने, ‘त्रिविले वार्षिक क्यालेण्डरमा प्रभाव नपर्नेगरी काम गर्छ ।’

 

त्रिविले  माघ मसान्तसम्मका लागि निर्धारण गरिएका सेमेष्टर तथा वार्षिक परीक्षा सेमेष्टर तथा वार्षिक परीक्षा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थगित गरेको थियो ।

+2 School
Counseling
Bachelors Portal