SEE Result 2082

पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस ५-१० सम्म सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका र केन्द्र सार्वजनिक गरेको छ । बोर्डले अंग्रेजी, नेपाली, फिजिक्स, केमष्ट्रि, बायोलोजी, र म्याथम्याटिक्सको परीक्षा तालिका सार्वजर्निक गरेको हो । 

बोर्डबाट २०७८ सालमा सञ्चालन गरिने पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेदेखि १० गतेसम्म सञ्चालन गर्नेगरी तालिका सार्वजर्निक गर्ने सूचना जारी गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सोद्धारा मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा सञ्चालन गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।बोर्डले सो परीक्षा केन्द्र गान्धी आदर्श माविमा तोकेको छ । 

+2 School
Counseling
Bachelors Portal