SEE Result 2082

शिक्षक कर्मचरीलाई माइतीघरमा हाजिर हुने प्रधानाध्यापकको निर्देशन

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका  प्रधानाध्यापकले माइतिघर मण्डलामा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीलाई उपस्थित हुन निर्देशन दिएका छन् ।

महानगरपालिकाभित्र कार्यरत प्रधानाध्यापकहरूले अहिले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको आव्हानमा भइरहेको आन्दोलनमा ऐकवद्धता जनाएका हुन् ।

 संघीय संसद सचिवालय, संसदमा  विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक २०६० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशै भरिको विद्यालय अनिश्चित रुपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनी सुरु गरेको कार्यक्रमहरुलाई समर्थन गर्दै अर्को सूचना नभए सम्मकालागि यस्तो निर्देश्न दिएका हुन् ।

+2 School
Counseling
Bachelors Portal