SEE Result 2082

गुणस्तरी शिक्षालाई प्राथमिकता दिनुहोस् : सभामुख कृष्णबहादुर महरा

तुलसीपुर, ११ फागुन (रासस) : सभामुख कृष्णबहादुर महराले सामुदायिक विद्यालय समयानुकूल परिवर्तन भई गुणस्तरी शिक्षा दिन थालेको बताउनुभएको छ । शनिबार तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर नमू माविको ६४औँ वार्षिकोत्समा उहाँले भन्नुभयो, ‘‘यो प्रतिस्पर्धाको युग हो, सामुदायिक विद्यालयले पनि अब गुणस्तरीय शिक्षा दिन लाग्नुपर्छ, पहिलो प्राथमिकता भनेको गुणस्तरीय शिक्षा हो ।” 

उहाँले आफू पनि पहिले विज्ञान शिक्षक भएको भन्दै गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई आग्रह गर्नुभयो । ‘‘विद्यालयमा भौतिक विकासभन्दा पनि पहिलो कुरा शिक्षामा कसरी गुणस्तरीयता ल्याउने भन्ने हो, सामुदायिक विद्यालय पनि निजीसरह छन् भन्ने बनाउन लाग्नुहोस्,” उहाँले भन्नुभयो । 

+2 School
Counseling
Bachelors Portal