SEE Result 2082

निजी विद्यालयले ७५ प्रतिशत शुल्क लिन पाउने

सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ लाई परिमार्जित गरेर निजी विद्यालयललाई शुल्क लिने बाटो खुला गरेसंगै कतिपय स्थानीय तहले शुल्क निर्धारण गर्न थालेका छन् ।

परिमार्जित निर्देशका अनुसार अनलाइन कक्षासहितको सबै सहजीकरणको शिक्षण (ट्युसन) शुल्क लिन पाउने बाटो खुले संगै स्थानीय तहले शुल्क निर्धारण गरेका हुन् ।

यसैक्रममा  रुपन्देहीको तिलोत्तमा नगरपालिका,नगर शिक्षा समितिलेे गत वर्षको मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत शुल्क उठाउन पाउने निर्णय गरेको हो।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३० मा भएको व्यवस्था अनुसार बैठकले विद्यार्थीबाट उठाइने शुल्कको निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा जाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  

प्रमुख शर्माले नगरपालिकाले निर्धारण गरेको शुल्क आषाढ महिनादेखि मात्रै विद्यालयहरूले लिन पाउने जानकारी दिए। उनका अनुसार वैकल्पिक सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै शुल्क लिन विद्यालयलाई नगर शिक्षा समतिले निर्देशन जारी गरेको छ ।

मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्क लगायतका शुल्कहरू सहज रुपमा विद्यालयमा विद्यार्थीहरू भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने नगर शिक्षा समितिले निर्णय गरेको छ।

कुनै विद्यालयले झुठो विवरण दिए र शुल्क बढी उठाए त्यसको अनुगमन गरी कडा कारबाही गरिने नगरपालिकाले जानकारी दियो ।

नगरपालिका नगरभित्रका विद्यालयहरुलाई शैक्षिक शत्र २०७६ को शुल्क विवरण अनिवार्य रुपमा असोज ४ गतेभित्र नगरपालिकामा पेश गर्न नगर शिक्षा समितिले आग्रह समेत गरेको छ।  

तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन्। ती विद्यालयमा करिब २४ हजार विद्यार्थी छन्।

+2 School
Counseling
Bachelors Portal