SEE Result 2082

विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीका रूपमा खटाइने गरी कार्यविधि जारी (कार्यविधि सहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ वा सो सरहभन्दा माथि अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीको रूपमा खटाउने भएको छ । शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिष्ट) परिचालनसम्बन्धी कार्यविधि, २०८० जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मुलुकको शासकीय प्रबन्ध, व्यवस्था अभ्यासका सम्बन्धमा जानकारी दिन, कार्य प्रक्रियाका लागि तथ्य सङ्कलन सम्बन्धनमा सहजीकरण गरी स्वदेशको सेवामा संलग्न हुन अभिप्रेरित गर्दै मुलुकको शासकीय प्रबन्धमा आवश्यक अनुसन्धानमार्फत शैक्षिक उन्नय हासिल गर्ने कार्यमा संलग्न बनाउन यो कार्यविधि तयार पारेको जनाएको छ ।

विश्वविद्यालय, प्रतिष्ठान, संस्थान, स्कुल, क्याम्पसमा स्नातक वा सो भन्दा माथि अध्ययन गर्ने  विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीको रूपमा काममा लगाइने कार्यविधिमा उल्लेख छ । 

प्रशिक्षार्थी छनोट गर्न मन्त्रालयको सचिव संयोजक रहेको एक छनोट समिति रहने छ । अनुगमन महाशाखाका सहसचिव, एक जना विज्ञ सदस्य र जनशक्ति तथा विकास शाखाका उपसचिव सदस्य सचिव हुने छनोट समिति रहेको छ ।

मन्त्रालयले प्रशिक्षार्थीको रूपमा काम गर्न इच्छुक व्यक्तिबाट निवेदन आव्हान गर्ने छ । यसको लागि मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मन्त्रालयले जनाएको छ । 

प्रशिक्षार्थीको परीक्षण अवधि दुई साताको हुने र त्यसपछि कार्य क्षमताको आधारमा समय निर्धारण हुने कार्यविधिमा उल्लेख छ ।

शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिष्ट) परिचालनसम्बन्धी कार्यविधि, २०८०

+2 School
Counseling
Bachelors Portal