SEE Result 2082

जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकलाई प्रमाणित गर्ने अधिकार दिँदै कार्यविधि जारी (कार्यविधिसहित)

शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ ।

कार्यान्वयनमा नै नभएका पदाधिकारीलाई प्रमाणित गर्ने अधिकार प्रदान गरेको छ । कार्यविधिले जीवित नै नभएको जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकलाई प्रमाणित गर्ने अधिकार दिएको छ ।

हाल ७५३ ओटै स्थानीय तहमा अहिले शिक्षा अधिकृत कार्यरत छन् । पुराना सबै विद्यालय नीरिक्षक अधिकृतका रुपमा कार्यरत रहेकोअवस्थामा कार्यविधिले शिऺक्षक वा प्रधानाध्यापक समान श्रेणीको वा प्रधानाध्यापकभन्दा माथिल्लो श्रेणीको भए वा कुनै विद्यालययको प्रधानाध्यापकको जिम्मेवारी अस्थामी वा करार शिक्षकले सम्हालेको अवस्थामा सिफारिस र प्रमाणित गर्ने अधिकारीका रुपमा यी दुई पदलाई जिम्मेवारी दिएको छ ।

कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९

+2 School
Counseling
Bachelors Portal