SEE Result 2082

प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक स्थापना

त्रिभुवन विश्वविद्यालयमा प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको  छ ।

ग्रामीण विकासमा उत्कृष्ट छात्रछात्रालाई उक्त विद्याभुषण पदक प्रदान गर्ने गरी सहमति भएको हो ।

त्रिविको ग्रामीण केन्द्रीय विभाग कीर्तिपुरवाट अवकाश प्राप्त प्राध्यापक प्रदिप कुमार खड्काको स्वर्गारोहण भएको ४५ औं दिनमा उनका सुपुत्र विमल कुमार खड्काले रु. दशलाख पच्चीस हजारको अक्षय कोष निर्माण गरी नेपालभरबाट त्रिविमा स्नातकोत्तर तहमा ग्रामीण विकास विषयमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने लक्ष्यसहित कोषको स्थापना भएको हो ।

त्रिवि दानदातव्य कोष सञ्चालन सम्वन्धी विनियम २०७९ बमोजिम  गरिएको सहमतिमा त्रिविका तर्फवाट रजिष्ट्रार प्राडा केदारप्रसाद रिजाल र दानदाताको तर्फवाट विमलकुमार खड्काले हस्ताक्षर गरेका छन् ।

दानदातव्य कोषमा योगदान तथा कोष परिचालन सम्बन्धी सम्झौता कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै रजिष्ट्रार प्राडा रिजालले विश्वका धेरै विश्वविद्यालयहरू दानदातव्यबाट सञ्चालन भईरहेको भन्दै त्रिविले आफूलाई थप व्यवस्थित र समृद्ध बनाउन दाताहरुसँग सहयोग स्वीकार गर्दै अघि बढ्ने योजना निर्माण गरेको बताए ।

खड्काका सुपुत्र विमलले आफना पिताले ग्रामीण विषयमा दिएको योगदानको स्मरण गर्दै उनले त्रिविप्रति आफ्ना बुबाको  माया तथा प्रतिवद्धतालाई स्मरण गरेका थिए ।

+2 School
Counseling
Bachelors Portal