SEE Result 2082

पालिकाभित्र निषेधाज्ञा तर शिक्षक विद्यालय जानै पर्ने

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगामी वैशाख २५ गते बिहान ६ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने भएको छ । आज बसेको विपद व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको प्रयासस्वरुप आफ्नो गाउँपालिकाभित्र आवतजावतमा रोक लगाउँदै निषेधाज्ञा जारी गर्ने भएको हो ।

गाउँपालिकाले सो अवधिमा विद्यालयको शैक्षिक कार्यक्रम स्थगित गर्ने भए पनि शिक्षकले अनिर्वाय विद्यालयमा उपस्थिति जनाउनै पर्ने निर्णय गरेको हो।

विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन–पाठन बन्द गर्ने र वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जानकारी दियो ।

सो अवधिभर शिक्षक विद्यालयमा शिक्षक अनिवार्य उपस्थित हुनै पर्ने सो बैठकले निर्णय गरेको छ । सो अवधिमा विद्यालयमा अनुपस्थित हुने शिक्षकको नियमानुसार गयल कट्टी गरी तलव भत्ता कट्टा गर्न गाउँपालिका समक्ष सिफारिस गर्ने, गाउँपालिकाभित्र विवाह, व्रतबन्ध, पास्नी लगायतका भेला भएर हुने सामाजिक, धार्मिक तथा अन्य कार्यक्रम सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

+2 School
Counseling
Bachelors Portal