SEE Result 2082

विद्यालयले भौतिक सुविधा विस्तारका लागि साउन २९ गते भित्र प्रस्ताव पेस गर्नुपर्ने

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रमका लागि साउन २९ गते भित्र सम्बन्धित विद्यालयले प्रस्ताव पेसगनु पर्ने भएको छ ।

मन्त्रिपरिषदको साउन ९ गतेको निर्णय अनुसार ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यन्वयन गरिने भएको हो ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरुलाई स्थानीय तह मार्फत प्रस्ताव पेश गर्ने  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको हो ।

कार्यविधिले तोकिएका प्राथमिकता क्षेत्र र शर्त बन्देज भित्र रही तोकिएको ढाँचाको प्रस्ताव सम्बन्धित स्थानीय तहमा पेश गर्न आज एक सूचना जारी गरी निर्देशन दिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रमका लागि प्रस्ताव माग गरिएको सूचना

+2 School
Counseling
Bachelors Portal