SEE Result 2082

खुला विश्वविद्यालयका लागि प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री लालबाबु राउत

महेन्द्रनगर, धनुषा ११ साउन (रासस) ः प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले खुला विश्वविद्यालय आजको आवश्यकता रहेको बताउनुभएको छ ।


नेपाल खुला विश्वविद्यालयका शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “सबैले पढ्न पाउनुपर्ने वर्तमान युगको चाहना र आवश्यकतालाई पूर्ति गर्न नेपाल खुला विश्वविद्यालय सहायक हुनेछ । ” 

मुख्यमन्त्री राउतले विभिन्न व्यस्तताका कारण औपचारिक कक्षामा सहभागी हुन नपाउने विद्यार्थीका लागि खुला विश्वविद्यालय लाभादायी हुने बताउँदै यो विश्वविद्यालयका लागि प्रदेश सरकारले गर्नसक्ने हरेक सहयोग गर्न आफूहरु तयार रहेको धारणा व्यक्त गर्नुभयो । 

+2 School
Counseling
Bachelors Portal