SEE Result 2082

त्रिवि पनिकाद्वारा एकेडेमिक क्यालेण्डर प्रकाशन (क्यालेण्डर सहित)

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले  स्नातक तहको एकेडेमिक क्यालेण्डर प्रकाशन गरेको छ ।

विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीको शैक्षिक क्यालेण्डर  प्रकाशन गरेको छ । भने सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर सम्बन्धित डिन कार्यालयबाट प्रकाशित गर्ने भएको हो ।

पनिकाले स्नातक तह प्रथम वर्षको भर्ना साउन तेस्रो हप्ताबाट सुरु गरेर भदौ तेस्रो हप्तामा गरेको, दोस्रो वर्षको २०८१ भदौ दोस्रो हप्ता, तेस्रो वर्षको २०८२ जेठ पहिलो हप्ता, चौथो वर्षको माघ दोस्रो हप्ता सुरु गर्ने गरी एक व्याचको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

पनिकामा विश्वविद्यालय सुधारको माग राम्री स्वतन्त्र विद्यार्थी यूनियन विश्वविद्यालय क्याम्पस, कीर्तिपुर द्वारा गत पुस ११ गते देखि जारी गरिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै क्यालेण्डर सार्वजनिक गरिएको उक्त कार्यालयले जानकारी दियो ।

विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को पुस २३ गतेको बैठकले उक्त निर्णय गरेको हो ।

पनिका अन्तर्गत हाल संचालित क्षेत्रीय कार्यालयहरु मध्ये विराटनगर र पोखराबाट परीक्षासंग सम्बन्धित कार्यहरु क्रमशः २०८० वैशाख र श्रावण महिना बाट थालनी गरिएको र बाँकी दुई वटा कार्यालयहरूबाट यो महिना देखि सो कार्य संचालन गर्ने जनाएको छ ।

त्यस्तै त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सम्पूर्ण सेवाहरु अनलाइ माध्यमबाट संचालन गर्न आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी दुई हप्ता भित्र संचालन गरिने परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal