SEE Result 2082

कारबाहीको समयसीमा सकिएपछि त्रिविबाट बीबीएस प्रथम वर्षको नतिजा प्रकाशन

त्रिभुवन विश्वविद्यालय  परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको मर्यदा विपरीत आचरण गर्ने विद्यार्थीलाई कारबाही गरेको समय सीमा सकिएपछि मात्र नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा भएको १५ महिनापछि हिजो  व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चारवर्षे बीबीएस  प्रथम वर्षको नतिजा सार्वजनिक गर्दै संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने सात जना विद्यार्थीलाई कारबाहीका समयावधि सकिएपछि नतिजा सार्वजनिक गरेको हो ।

त्रिविद्वारा जारी सूचनामा , ‘परीक्षार्थीहरुलाई २०७८ सालसम्म २ (दुई) वर्षको लागि त्रिवि बाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ।’ भन्ने उल्लेख गरिएको छ । यता समयावधि भने २०७९ को मंसिर लागि सकेको छ । 

त्रिविले २०७८ साल श्रावण महिनामा सञ्चालित २०७७ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरेको हो । विद्यार्थीले आफ्नो परीक्षाफल त्रिविको बेभसाईट  www.tuexam.edu.np मा हेर्न सकिने सूचनामा उल्लेख छ  । 4BBS (space) roll number टाइप गरी ३३६२४ मा  एसएमएस गरेर पनि  हेर्न सकिने सूचनामा उल्लेख छ ।

यस अघि त्रिविले परीक्षा लिएको करिब १५ महिनापछि बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको थियो । त्रिविले २०७७ सालका विद्यार्थीको २०७८ साउनमा लिएको बीएस्सी प्रथम वर्षको परीक्षाको नतिजा गत आइतबार सार्वजनिक गरेको थियो ।

त्यसैगरी १५ महिना पछि नै  बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको थियो । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा गत मंगलबार सार्वजनिक गरेको हो ।

+2 School
Counseling
Bachelors Portal