SEE Result 2082

५–५ लाख रुपियाँ अनुदान पाउने सामुदायिक विद्यालयको नामावली प्रकाशन (नामावली सहित)

शिक्षा तथा मानव स्रोत  विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई ५–५ लाखको दरले नतिजामा आधारित प्रोत्साहन अनुदान पाउने विद्यालयको नामावली सार्वजनिक गरेको छ ।

केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट १ विद्यालय पर्ने गरी १६५,शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालयको नामावली सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्ष २०७९–८० कको कार्यक्रम् अनुसार नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदानका लागि छनोट भएका विद्यालयहरूको लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको छ ।

सो कार्यक्रम सञ्चालन गर्ने आधार “व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदानका लागि छनोटका आधार २०७९” अनुसार तय गरेको छ ।

बजेट निकासा भएका विद्यालयहरूलाइ नतिजामा आधारित प्रोत्साहन अनुदानका लागि छनोटका आधार २०७९ को बुँदा न ६ अनुसार कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रले निर्देश्न समेत दिएको छ ।

छनोटका आधार

छनोटमा परेका विद्यालय

+2 School
Counseling
Bachelors Portal