SEE Result 2082

प्रश्नपत्र र उत्तर कुन्जिका म्यासेन्जरमा

शिक्षक छनौट परीक्षामा उत्तर कुन्जिकासहित प्रश्नपत्र म्यासेन्जरमा पठाइएको पाइएको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शिक्षक छनौट समितिका संयोजन भक्त बहादुर शाहीले परीक्षार्थीलाई म्यासेन्जरमा प्रश्नपत्र र उत्तर कुन्जिका परीक्षा अगावै पठाएका हुन् ।

अध्यक्ष शाहीले परीक्षार्थीहरू घनश्याम भण्डारी र दल बहादुर बिकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाएका हुन् । परीक्षामा अमार्यादित कार्य गर्ने तीनै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरूलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको भन्ने उजुरी एंव सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट अनुसन्धान हुँदा उक्त परीक्षामा सहभागी भै छनौट भएका शिक्षक भण्डारी र बैकल्पिक उम्मेदवार विकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाई अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा निजहरूलाई नियन्त्रणमा लिइएको प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal